Posts

Showing posts from April, 2020

कोरोना, लकडाउन र नेपाल

Image
कोरोना, लकडाउन र नेपाल “विदेशबाट आएको रेमिटान्स भित्रियाउन अहो अहो गर्ने तर यस्तो विपदको बेदलामा विदेशमा फसेको नेपाली नागरिकहरुलाई नेपाल ल्याउन भन्दा कानमा तेल राखेर बस्ने लाज लाग्दैन सरकार ।”  कोरोना, लकडाउन र नेपाल कोरोना शब्द जुन हाम्रो मन मस्तिष्कमा अहिले २४ घण्टामा कम्तीमा १६–१८ घण्टा चलिरहने विषय हो । यो शब्द मेरो, तपाईको र  हाम्रो मन मस्तिष्कमा मात्र होइन संसारको हरेक मानिसको मन मस्तिष्कमा चलिरहने शब्द हो । यो शब्दले पुरै विश्व नै हली रहने भएको छ । यसको प्रकोपबाट आज सिङ्गो विश्व नै त्राहिमाम् भइसकेको अवस्था छ । चीनको वुहानबाट सुरु भएको यो भाइरस आज विश्वको करिब २०० भन्दा बढी देशहरू यसको चपेटमा आइसकेको कुरा दैनिक मेडियाहरु मार्फत हामी थाहा पाइनै राखेका छौ । जसले गर्दा हरेक दिन विश्व भरीमा लगभग लाखौँको सङ्ख्यामा यो रोग मानिसहरूमा सङ्क्रमित भइरहेको छ भने यसको प्रकोपबाट प्रत्येक दिन हजार भन्दा बढी मानिसहरूको मृत्यु भइरहेको  छ । तर यसको प्रकोपबाट करिब हजारौँको सङ्ख्या भने मानिसहरू निको पनि भएर आफ्नो घर फर्किरहेको अवस्था छ । हुन त सङ्क्रमितको सङ्ख्या दिन...