नेपाल समृद्ध राष्ट्र बन्न सक्छ

नेपाल समृद्ध राष्ट्र बन्न सक्छ नेपाल विश्वकाे मान चित्रमा एउटा सानाे राष्ट्र भए तापनि भाैगाेलिक विविधताले भरिपुर्ण राष्ट्र रहेकाे छ ।नेपाल एक भुपरिवेष्ठित देश हुँदा हुदै पनि यहाँ वन जंगल, पानी, हिमाल, पहाडको साथै समथर तराइ भुभाग रहेकाे देश हाे, जुन प्राकृतिकाे काँखमा रमिरहेकाे छ । याे देशकाे पुर्व देखि पश्चिम सम्म उत्तरी भेगमा हिमाल बिचमा पहाड र दक्षिणमा तराई समथल भु भाग फैलिएकाे छ। जुन विविधताकाे प्रतिक देखाउछ । याे यस्ताे देश हाे, जहाँकाे हवा, पानी, बस्तु, स्थिति, रहन सहन, भेष भुषा, बाेली, चाली ईत्यादी सबैमा विभिधता रहेकाे पाइन्छ । जहाँ धर्म, सास्कृति पनि फरक रहेकाे छ तर धार्मिक सहिन्सुन्ता अतिनै कायम रहेकाे देख्न पाइन्छ। जुन हाम्राे देशकाे सम्पती हाे, हाम्राे गाैरव हाे, हाम्राे महनता हाे, हाम्राे सँस्कार हाे जस माथि हामी गर्व गर्छाै । ‘समृद्ध’ शब्दको अर्थबोध गर्नु पर्दा यसलाई नेपाली बृहत् शब्दकोशले “धनधान्य आदिले सम्पन्न, पुगीसरी आएको, उन्नतिशील वा उन्नत” भनी परिभाषित गरेको पाइन्छ । समृद्ध राष्ट्र बनाउनकाे लागि चाहिने अधारभुत आवश्यक्ता नेपाल सँग नभएकाे हाेइन, मात्र त्यस क्षेत्...