नेपाल समृद्ध राष्ट्र बन्न सक्छ

 नेपाल समृद्ध राष्ट्र बन्न सक्छ


नेपाल विश्वकाे मान चित्रमा एउटा सानाे राष्ट्र भए तापनि भाैगाेलिक विविधताले भरिपुर्ण राष्ट्र रहेकाे छ ।नेपाल एक भुपरिवेष्ठित देश हुँदा हुदै पनि यहाँ वन जंगल, पानी, हिमाल, पहाडको साथै समथर तराइ भुभाग रहेकाे देश हाे, जुन प्राकृतिकाे काँखमा रमिरहेकाे छ । याे देशकाे पुर्व देखि पश्चिम सम्म उत्तरी भेगमा हिमाल बिचमा पहाड र दक्षिणमा तराई समथल भु भाग फैलिएकाे छ। जुन विविधताकाे प्रतिक देखाउछ । याे यस्ताे देश हाे, जहाँकाे हवा, पानी, बस्तु, स्थिति, रहन सहन, भेष भुषा, बाेली, चाली ईत्यादी सबैमा विभिधता रहेकाे पाइन्छ । जहाँ धर्म, सास्कृति पनि फरक रहेकाे छ तर धार्मिक सहिन्सुन्ता अतिनै कायम रहेकाे देख्न पाइन्छ। जुन हाम्राे देशकाे सम्पती हाे, हाम्राे गाैरव हाे, हाम्राे महनता हाे, हाम्राे सँस्कार हाे जस माथि हामी गर्व गर्छाै ।

‘समृद्ध’ शब्दको अर्थबोध गर्नु पर्दा यसलाई नेपाली बृहत् शब्दकोशले “धनधान्य आदिले सम्पन्न, पुगीसरी आएको, उन्नतिशील वा उन्नत” भनी परिभाषित गरेको पाइन्छ । समृद्ध राष्ट्र बनाउनकाे लागि चाहिने अधारभुत आवश्यक्ता नेपाल सँग नभएकाे हाेइन, मात्र त्यस क्षेत्रलाइ राम्राे सँग परिचालन गर्न सकेकाे छैन ।

नेपाललाई समृद्ध बनाउने क्षेत्रलाई यहाँका नेताहरूले राम्ररी चिन्न सकेका छैन । नेपाल देशलाई समृद्ध हुनकाे
लागि चाहिने अपार शक्ति र संभावना नभएकाे हाेइन तर यहाँका नेताहरूकाे ध्यान त्यहाँ सम्म जान सकेकाे
छैन, गए पनि खासै चासाेकाे विषय बनाउने सकेकाे छैन । किन कि ती नेताहरूले याे देशलाइ वास्तवमा एउटा
समृद्ध र विकसित राष्ट्र हेर्न चाहेकाे छैन । यहाँका जनताहरूले आफ्नै देशमा रहेर राम्राे प्रगति गराेस भन्ने
चाहना छैन र यहाँका जनताहरूले पनि चुनावका वेलामा राम्राे हैन कि हाम्राेलाई मतदान गरेर यस्ताे अवस्था
सृजना गरेका हुन । देशमा एक भिजनेवल लिडर नभएकाे कारणले गर्दा याे देशकाे सारा सम्पती नष्ट भइरहेकाे
अवस्था छ । जुन सम्पतीले हामी आफ्नाे राष्ट्रलाई सुखि, सम्पन्न र समृद्ध राष्ट्र निर्माण गर्न सक्छौ । मेराे
बुझाइमा कुनै पनि राष्ट्रलाइ विकसित तथा समृद्ध राष्ट्र बनाउन मुख्यतय त्यस देशमा भएकाे सम्भावनाहरूलाई
नियाेलेर एउटा अपरचुनिटीकाे रूपमा काम गर्नु पर्छ । “ बालुवा नै बालुवा भएकाे देश दुबई समृद्ध राष्ट्र बन्न
सक्छ, करिव ६० वर्ष पहिला हाम्रै छिमेकी देश चाइना विश्वकै सबै भन्दा बढी भाेकमरीकाे मारमा परकाे देश
विश्वकाे दाेस्राे समृद्ध राष्ट्र बन्न सक्छ भने बिकासको अपार संभावना बोकेको हाम्राे देश नेपाल किन एक समृद्ध
राष्ट्र बन्न सक्दैन् । तर त्यसकाे लागि नेतालाई नेता मात्रै हाेइन कि राष्ट्र नेता हुन जरूरी छ। बाेली र भाषणमा
हैन कि नेताकाे हरेक व्यवहारमा राजनिति पेशा हाेइन सेवा हुनु पर्छ ।” त्यस पछिमात्र देश बन्न सक्छ ।
अपार संभावना बाेकेकाे हाम्राे देश अबकाे केही दिनमै विश्व सामु समृद्धकाे ट्याग लिने छ। तर त्यसकाे लागि
निम्न कामहरू गर्नु पर्ने देखिन्छ । याे देशलाइ समृद्ध राष्ट्र बनाउन याे देशकाे प्राकृतिक स्राेतकाे साथै यस देशमा
भएका सम्भावनाहरूकाे उचित सदुपयाेग गर्न सकिनु पर्छ। त्यसता सम्भावना धेरै छन, जस्तो कि
कृषि क्षेत्रलाई सबलिकरण तथा आधुनिकिकरण गरी किसानहरूलाई कृषि प्रति आकर्षण बढाएर
नेपाललाई कृषि प्रधान देश मानिन्छ । यहाँ करिब ६०.४ प्रतिशत भन्दा बढी मानिसहरू कृषि क्षेत्रमा अधारीत
छन । कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको रुपमा लिएकाे छ तर ती कृषि क्षेत्र पुरानै ढाचाँ शैलीमा अधारीत
भएकाे हुनाले यसले देशकाे अर्थतन्त्रमा राम्राे प्रभाव पार्न सकिरहेकाे छैन । नेपालमा जम्मा ३६लाख ४१ हजार
हेक्टर कृषि योग्य जमिन रहेको छ तर जस मध्ये १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा मात्र सिचाईँ पुगेको छ
। जसले गर्दा कृषि गर्न समयमा पानी र खाद्यको पनि समस्या आईरहेको हुँदा कृषि पेशाबाट किसानहरु
विश्वास टुट्दै कृषि क्षेत्र नै धरापमा पर्ने अवस्था सृजना भएकाे देखिन्छ । याे देशमा कृषि क्षेत्रमा आधुनिकिकरण
ल्याइयाे र बाली नालीहरूकाे विमाकाे सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाएमा फेरी पनि याे देशकाे माटाेमा
किसानका छाेराछाेरीहरूले देशलाई कृषि तन्त्रमा परिणत गर्न सकिन्छ । देशमा कृषि ‌‌अौजार कम्पनीकाे
स्थपना, मल खाद्यकाे कम्पनी खाेलेर त्यसबाट डाइरेक्ट कृषककाे हातमा मल तथा खाद व्यवस्थापन गर्न
सकिन्छ। कृषि औजार कृषि सामग्रीहरु, मल खाद्य आदिलाई किसानकै हातमा पुर्याउन कृषक कार्डको व्यवस्था
गर्नु पर्ने हुन्छ । कृषि बिज्ञ तथा प्राविधिकहरुको सहयोगमा समय समयमा खेतमै गएर बालीहरुको निरिक्षण
गर्नु पर्छ , किसानहरुलाई समय समयमा कृषि सम्वन्धी तालिम दिएर, मौषमी बालीहरुको बिमा गरेर
किसानले उत्पादन गरेको बालीहरुको राम्रो बजारको प्रवर्धन गराएर किसानहरुलाई र नयाँ पुस्ताका
युवाहरुलाई कृषि क्षेत्र प्रति मोहित गरेर देशलाई बिकासको बाटो तिर डोरियाउन सकिन्छ ।
गुणस्तरीय तथा जिवनउपयाेगी शिक्षा लागु गरेमा विश्वको बिकसित
राष्ट्रहरुलाई हेर्दा तिनिहरुले आफ्नो शिक्षा क्षेत्रलाई सबै भन्दा प्रभावकारी बनाएको देखिन्छ । तिनिहरुले
गुणस्तरीय शिक्षा दिएर पनि प्राविधिक शिक्षा र जीवन उपयोगी शिक्षा दिने गरिन्छ । त्यस्ता मुलुकहरु पढ्दै
कमाउदै योजना ल्याएर बेरोजगारी समस्यलाई समाधान गरेर देशको अर्थतन्त्र बलियो बनाएर राखेका हुन ।
जुन देशको शिक्षा उत्कृष्ट छ त्यो देशका नागरिकहरु बेरोजगार छैन । बेरोजगार नहुनु भनेको अर्थतन्त्रमा अबल
हुनु हो । जस्ले गर्दा राष्ट्रको आर्थिक अवस्था मजबुत बनेको छ । त्यस्ता राष्ट्रमा शिक्षालाई शिरमा राखेका
हुन्छन । हरेको नागरिकहरुलाई गुणस्तरीय शिक्षा दिनु राज्यको दायित्व ठानेका हुन्छन । बिकसित राष्ट्रहरुकै
कुरा गर्ने हाे भने अमेरीका जापान चाईना बेलायत फ्रान्स सबै देशको साक्षरता प्रतिशत शतप्रतिशत रहेकाे छ ।
नेपालको साक्षर जनसङ्ख्या ८० प्रतिशत पुगेको दाबी गरिएको छ तर यो साक्षारताले मात्र केही हुँदैन
नेपालमा त जीवन योगी शिक्षा चाहिन्छ जसबाट नेपालका जनताहरुले रोजगारीकाे समस्यामा नपरुन ।
बजारले माङ्ग गरे अनुसारको शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको छ ।
नेपालकाे पानीकाे सदुपयाेग र निर्यात
विश्वमा नेपाल जलस्राेतकाे दृष्टिकाेणले दाेस्राे ठुलाे राष्ट्र रहेकाे छ । जसबाट ८३ हजार मेगावाट जलविधुत
उत्पादन गर्ने क्षमता छ तर हाल कूल विद्युत उत्पादन जडित क्षमता १,०७३ मेगावाटमध्ये नेपाल विद्युत
प्राधिकरणबाट ५६२ मेगावाट र निजी क्षेत्रबाट ५११ मेगावाट रहेको छ । राष्ट्रिय विद्युत प्रणालीमा उच्चतम्‌
माग करिब १,३०० मेगावाट रहेको छ । हालको विद्युत माग पूर्ति गर्न आन्तरिक उत्पादनको अलावा
भारतबाट ४५० मेगावाट सम्म आयात गरी माग व्यवस्थापन गरिएको छ । कस्ताे बिडम्बना हाम्राे देश र हाम्राे
देशका नेताहरू जहाँ जल विधुतकाे अपार सम्भावना हुदा हुदै पनि भारतबाट विधुत पनि अायात गर्नु पर्ने
अवस्था रहेकाे छ । यदि हाम्राे नेपालले अाफ्नाे क्षमता अनुुसारकाे जल विधुत उत्पादन गर्न सकियाे भने
विधुत मात्रै बेचेर देशलाइ अार्थिक रूपमा समृद्ध बनाउन कसैले राेक्न सक्दैन । नेपाल भरीमै निशुल्क
विधुतकाे सेवा प्रवाह गरी विधुतकाे समस्यालाइ हल गरेर पुरै एसिया महादेश सम्म अाफ्नाे विधुत बेच्न
सकिन्छ र त्यसबाट मासिक रूपमा खर्बाै रकमकाे अायात गर्न सकिन्छ । देशमा विधुतबाट चल्ने विभिन्न
उपकरणहरूकाे उत्पादन गरी देशलाइ समृद्धिकाे बाटाेमा डाेर्याउन सकिन्छ । अहलेकाे अवस्थामा पेट्राेलियम
पद्धार्थकाे विकल्प खाेज्नुकाे अर्काे विकल्प छैन। अबकाे नयाँ विश्व र अाउदै गरेकाे नयाँ जनरेशनले विधुतमा
अधारित उपकरणहरूकाे प्रायाेग गर्नुकाे विकल्प रहन सक्दैन । नेपालकाे हिमालबाट खलखलिदै बगिरहेकाे
पानीकाे प्रसाेधन गरी विश्व बजारमा हाम्राे हिमालकाे पानी बेची वर्ष भरीमा खर्बाैकाे अायात गर्न सकिन्छ ।
पर्यटन प्रवर्धन गरेर
विश्वकाे नक्सामा नेपाल भैगाेलि दृष्टिकाेणले सानाे देश भएतापनि प्राकृतले यहाँ छाेटाे लम्बाइ र चाैडाइ
भएकाे देशमा पनि हिमाल, पहाड र तराइ जस्ता भु वनवट रहेकाे छ । जहाँ धरातिलय फरकपन विच त्यहाँका
हावापानी, भेष भुषा, रितिरिवाज, धर्म, साँस्कृति, खानपिन हरेकमा फरकपन देख्न सकिन्छ जुन विविधतामा
एकताकाे प्रतिक जनाउछँ र विदेशी पर्यटकहरूलाइ नेपाल एक पटक घुम्न अभिप्रेरित गर्छ । विश्वका १४ वटा ८
हजार भन्दा माथिका हिमालहरू मध्ये ८ वटा नेपालमै रहेकाे छ जसले नेपालकाे साैन्दर्यता र राैनकता
झल्काउछ । विश्वकाे सबैभन्दा अग्लाे चुचुरा नेपाल मै अवस्थित छ र यसले नेपाल र नेपालीकाे शिर उच्च
राखेकाे छ । हुनत पर्यटनलाई पनि एउटा उद्योगकै रूपमा हेरी पर्यटन उद्योग भन्ने गरिन्छ । तर पनि कुनै देश
वा स्थान विशेषमा भएको पर्यटन प्रवर्द्धन एवं विकासले त्यस क्षेत्रमा प्रयोग हुने वस्तुहरूको उत्पादन गर्ने र
उद्योग कलकारखानाहरूको वृद्धि गराउँदछ । जस्तै ट्वाइलेट पेपर, गार्मेन्ट इन्डस्ट्रि, होटेल, रेष्टुरा, लज र
पर्यटकीय क्षेत्रमा बिक्री हुने उपहारयोग्य वस्तु, क्युरियो एवं सजावटका सामानहरूको राष्ट्रिय, अन्तर्राष्ट्रिय
उद्योगधन्दालगायत स्थानीय घरेलु उद्योगधन्दाहरूको वृद्धि गराउने काम पर्यटनले गर्दछ । जसले गर्दा देशमा
राेजगारीकाे राम्राे सृजना भइ देशकाे अर्थतन्त्रमा ठुलाे फन्काे मार्न मद्दत गर्दछ । देशका विभिन्न स्थान तथा
भागमा रहेकाे ताल तलैया र नदीहरूमा र्याफ्टिङ्गकाे राम्राे व्यवस्थापनले पनि स्वराेजगरी तथा राेजगारीकाे
सृजना गर्दछ र त्यसबाट नगन्य मात्रामा स्वादेशी तथा विदेशी पर्यटनबाट स्वादेशी तथा विदेशी मुद्राहरू अाय
अार्जन गर्न सकिन्छ । विदेशी पर्यटकले यहाँ अाउदा यहाँकाे सँस्कार, बाेली भाषा, सँस्कृति अादी सिक्छ
सिक्छ तर उनीहरूले शिक्षाकाे राम्राे महत्व बुझाइ पर्यटकिय क्षेत्रमा रहेकाे मानिसहरूकाे शिक्षाकाे स्तर उकास्न
पनि राम्राे मद्दत गरेकाे हुन्छ ।
स्वराेजगारी तथा देशलाई अावश्यक पर्ने उद्याेगकाे स्थापना
हामी ४०-५० वर्ष पहिलाको कुरा गर्छौ भने हाम्रै छिमेकी मुलुक चाईना एक गरिब राष्ट्र थियो जस्मा हरेक वर्ष
भोकमरीका कारणले गर्दा हजारौ मानिसहरु मर्ने गर्थे तर आज विश्वकै सबै भन्दा धनी राष्ट्र हुने दौडमा रहेको
छ । किन कि त्यहाँका मानिसहरुले जिवन उपयोगी शिक्षामा अधारित छन । सानो सानो बालबालिकाहरुले
पढाई पछि विभिन्न किसिमको खेलाउना, घडीहरु बनाएर केहि आम्दानीको श्रोत जुटाएका छन । त्याहाँ साना
देखि ठुला ठुला उद्याेगहरुकाे स्थापना भई त्याहाँका मानिसहरु स्वराेजगार देखि विभिन्न उद्याेगमा काम गरेर
आफ्नाे देशकाे अर्थतन्त्र बलियाे र मजबुद बनाएका हुन । तर हामी कुनै दिन अरुलाई सहयाेग गर्ने राष्ट्र आज
आफै अरुकाे सहारामा जिवन बिताउने बनेका छाैँ आखिर किन ? किन कि हामी सँग भएकाे ठुला ठुला
उद्याेगहरु बन्द अवस्थामा छन । हामी नेपाली विदेशमा गएर अरुकाे देश आफ्नाे मिहिनेत पसिना र रगतले
बनाई दिएका छाै तर आज हाम्राे देश भन्ने जरजर अवस्थामा गुज्रिरहेकाे छ ।
भ्रष्टाचार नियन्त्रण गरेरः
कुनै पनि देश बिकासको बाधक त्यस देशमा भएको भ्रष्टाचार नै हुने गर्दछन । जुन देशमा भ्रष्टाचारले चरम
सिमा नाघ्न थाल्छ त्याे देशको बिकास हुनुको सट्टा बिनास तर्फ जान सुरु भईहाल्छ । नेपालमा भ्रष्टाचारले सिमा
नाघेकाे अवस्था छ । देशमा वाईट बडी खरिद देखि लिएर कराेना जस्तो महामारीमा पनि ओमनी काण्ड गर्नु ,
प्रहरी जसलाई सुरक्षाकाे प्रतिक मानिन्छ त्याे क्षेत्रमा पनि गत आर्थिक वर्षमा बुट खरिद गर्दा ६ कराेड भ्रष्टाचार
गरेकाे कुराले याे देशमा बिकास कसरी निमत्याउन सकिन्छ ?भन्ने विषयमा ठुलो प्रश्न नै उठेको छ। जुन देशमा
अख्तियर अनुसन्धान आयोग नै भ्रष्टाचारमा लिप्त छ त्यो देशमा बिकास कसरी हुन्छ ? ७८ लाख रुपैयाँ घुस
लेनदेनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ
कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले दोषी ठहर गरेको सुन्दा त अझै
बिचाराधिन बनाए । "जुन देशको रक्षक नै भक्षक भए पछि जनता कसरी बाच्न सकिन्छ ?" ट्रान्सपरेन्सी
इन्टरनेशनलले सन् २०२१ मा सार्वजनिक गरेकाे करप्सन पर्सेप्सन इन्डेक्सका अनुसार सबै भन्दा कम भ्रष्टाचार
गर्ने १८० देशमध्ये नेपाल ११७ औ स्थानमा रहेको छ । याे रिपाेर्टले हामी पत्ता लगाउन सक्छाै कि हामी
नेपाली कति भ्रष्टाचारी हाैँ ? देश नबन्नुकाे प्रमुख कारण मध्ये भ्रष्टाचार पनि एक हाे । स्थानी तह देखि केन्द्र
सम्म प्रायः सबै सरकारी कार्यालय ⁽केही अपवाद बाहेक⁾ भ्रष्टाचारले नै भरिएकाे हाे । जसले गर्दा देश बिकास
हुन सकिरहेकाे छैन ।
सुरक्षा प्रकृया चुस्त र दुरूस्त गरेमा ।
आज संसारमा सुरक्षाको कुरा महत्त्वपूर्ण मानिन्छ । त्यसो भए हातहतियार उत्पादन र विकासमा हामी कतिको
समृद्ध छौँ ? समृद्धिको कुरा निरन्तर उन्नति र विकासको कुरा हो । साँच्चै भन्ने हो भने संसारको कुनै देश पनि
यथार्थमा समृद्धिको शिखरमा छैन । एउटा न एउटा कुराको अभावमा छ । त्यसैले यो सापेक्षताको कुरा हो ।
संसारका सालाखाला देशहरुको तुलनामा हामी कति समृद्ध हुने कुरा नै हाम्रो आजको चर्चाको कुरा हो । यदि
कुनै अवस्थामा हामीमा नाकाबन्दी लाइएमा हामी आफैँ जीउन सक्ने अवस्थामा भयौँ भने हामीले आफूलाई
समृद्ध भन्दा हुन्छ । यो भन्नुको अर्थ हाम्रो देशमा लगानी गर्ने कम्पनीको सुरक्षा प्रदान गर्नु हो । मलेसिया, दुबई,
कतार, ईन्डिया, आदी देशहरुमा विदेशी कम्पनीहरु किन खोलिएका छन ? किन कि त्यहाँका सरकारले त्यहाँका
कम्पनीहरुलाई सुरक्षाको प्रकृया पुगाएका छन त्यहि भएर विभिन्न विदेशी कम्पनीहरु ढुक्क भएर आफ्नो काम
सन्चालन गरेका छन जस्ले गर्दा ति देशहरुमा बेरोजगारीको संख्या न्युन हुनुको साथै उत्पादित समानहरु
निर्यात गरेर देशलाई अर्थतन्त्रमा बलियो बनाएका छन । यो कुरा हामीलाई सिक्नु र मनन गर्नु पर्ने विषय रहेको छ । 

Comments

Popular posts from this blog

Class 9; unit 5 Ethics, norms, and Value

लक डाउन घोषणाको लागि सलाम छ सरकार तर एक छाक टार्न नसक्नेको लागि प्याकेज के ?

कोरोना, लकडाउन र नेपाल