लक डाउन घोषणाको लागि सलाम छ सरकार तर एक छाक टार्न नसक्नेको लागि प्याकेज के ?

गरि खान पाउनेको लागि बाच्न  मर्नु सम्मको मानसिक देखि शारीरिक तनाब उत्पन्न गराएको छ।  उनीहरुलाई  कोरोनाले मारोस या नमारोस  भोक  डरले पल पल मारिरहेको अवस्था छ। 

लक डाउन घोषणाको लागि सलाम सरकार तर एक छाक टार्न नसक्नेको लागि प्याकेज के ?

कोराना अर्थात कोभिड १९ जुन शब्द अहिले विश्व भरिनै प्रख्यात बनिसकेको आफ्नो प्रभावले पुरै विश्वलाईनै त्रसित बनाएका छन यो भाइरस चिनको वुहानबाट सुरु भई अहिले विश्वको करिब  १९५ देशमा आफ्नो संक्रमण भैलाई सकेका छन जसबाट विश्वभरी आज सम्मको रिपोर्ट अनुसार लाख ८७ हजार ६३  मानिसहरुमा संक्रमित भइसकेको पुष्टि भएको भने २२०२५ जना व्यक्ति यस महामारीबाट मरिसकेका छन विश्वभरीबाट यसको प्रकोपबाट ११७५७७ जना व्यक्तिहरु निको भई घर फर्किएका छन
विश्वको स्वास्थ्य तथा आर्थिक क्षेत्रमा ठुलो नाम कमाएका देशहरुले पनि यसको चपेटबाट बच्न सकेका छैन हामीलाई थाहै होला विश्वको स्वास्थ्य सेवामा एउटा छुट्टै नाम कमाएका राष्ट्र इटाली जहाको स्वास्थ्य प्रणाली नेपालको भन्दा दशौ गुणा राम्रो मानिन्छ त्यो पनि यसबाट निकै नै दुख पाएका छन शुरुको दिनमा यो माहामरीलाई सानो तिनो मानेका त्याति ध्यान नदिएका कारण आज भोली इटाली अस्मसान घाटनै बन्न पुगेका छन यति मात्र होइन विश्व सामु आफुलाई सबै भन्दा शक्तिशाली मान्ने राष्ट्र अमेरीक यसको प्रभावबाट बच्न सफल हुन सकेका छैन विश्वकै विकसित सहर मानिने न्युवार्कमा पनि आज देखि लक डाउनको घोषणा गरेका छन अमेरीकमा पनि आजको रिपोर्ट अनुसार ८५४ जना मानिसहरु यसबाट मृत्यु भईसकेको जुन अहिले कोरोना प्रभावबाट  विश्वमा मर्ने  तेस्रो ठुलो राष्ट्र बनेका छन भने नेपालमा आजको रिपोर्ट अनुसार जनामा कोरोना पोजिटिभ भएको खुलासा भएको
            यसको प्रभापबाट बाच्नको लागि विभिन्न देशहरु आफ्नो देशहरुमालक डाउनको घोषणा गरेको हाम्रो देशले पनि यो घोषणा गरेको जुन एकदमै सरकारको सराहनिय कार्य समेत रहेको यो कार्यबाट देश भरिबाट नै प्रशान्सा पाइरहेको तर हाम्रो देशमालक डाउनहुदा हुदै पनि पुर्णरुपले यसको पालना हुन सकिरहेको छैन आखिर किन ? “लक डाउनको अर्थ हामी जहा छौ त्यही बस्नु पर्छ हुने खानेको लागि ठिक तर जुन व्यक्ति दिन भरि काम अनि मात्र रातमा उसको चुलो सल्किन्छ त्यस पछि मात्र उसको परिवार खान पाउछ त्यस्तो व्यक्तिको लागि सरकारले के प्याकेज ल्याएको हो ? केही योजना कि ?
बाच्नका लागि खाना चाहिन्छ  , खानाको लागि काम गर्नु पर्छ , कामको लागि  आफु स्वस्थ हुनुको साथै कम गर्न  वातावरण वजार चाहिन्छ  जुन  अहिले   कोरोनाको त्रासमा  बन्द   यसले गरि खान पाउनेको लागि बाच्न मर्नु सम्मको मानसिक देखि शारीरिक तनाब उत्पन्न गराएको छ।  उनीहरुलाई  कोरोनाले मारोस या नमारोस  भोक डरले पल पल मारिरहेको अवस्था छ। 

त्यस्तो व्यक्तिले कसरीलक डाउनगर्न सक्छ ? एक चोटी सोचेका छौ सरकार अन्य देशहरुमा जनताको लागि  विभिन्न किसिमका सुविधा तथा प्याकेज ल्याएको अनिलक डाउनसफल भइरहेको हाम्रो छिमेकी मुलुक भारतले आधार कार्डको आधारमा महिना भरिको लागि खाद्यान तथा अन्य राहत समाग्री घर घरमा पु¥याउन घोषणा गरेका छन यसको साथै स्वास्थ्य कर्मीहरुलाई एक महिनाको स्यालरी बाराबरको रकम बोनस स्वरुप प्रदान गर्ने घोषना गरेका छन कक्षा देखि १२ सम्मको विद्यार्थीहरुलाई ३१ मर्च सम्म स्कलरसिप पनि प्रदान गर्ने तर हाम्रो देश बासीले त्यति आस पनि गरेका छैन होला तर पनि गरि खानेको लागि केही केही प्याकेज ल्याउन आवश्यक देखिन्छ  
           
दिल्ली सरकारले सर्वसधारण जनताको लागि रु हजारको प्याकेज ल्याएको जसबाट गरिब निमुख्खा जनताहरुले सजिलै सँग योलक डाउनभएको अवधीभरी खाना खान पाउँछ तर हाम्रो नेपाल सरकारले त्यसतोको गरिब निमुख्खाको लागि के सोचेको ? आज दोस्रो दिनकोलक डाउनमा देशको विभिन्न कोनामा खद्यान बस्तुको भाउ तेब्ब्बरले बृद्धि हुदैछ जसको कारणले गर्दा सर्वसधारण जनताहरु पनि तनाबमा छन्।  कोरोनाको संक्रमणले मर्नु भन्दा पहिला कहि नेपालका मानिसहरुले भोकमरी तथा कुपोषणले अर्थात  पोषण युक्त खानाको कमीले गर्दानै पर्नु नपरोस त्यसको लागि सरकारलाई यो कुरामा ध्यान दिन यति जरुरी देखिन्छ
अब के गर्न सकिन्छ ?
        सरकारले प्रत्येक स्थानिय तहको सहयोग लिएर हरेक वार्ड तथा नगरपालिका स्तरमा हात मुख जोडन धौउ धौउ पर्ने मानिसहरुको लागि दैनिक खाद्यान्नको प्याकेज उपलब्ध गराउने
        सर्व सधारण जनताहरुको लागि दैनिक रुपमा आवश्यक पर्ने खद्यान्न समाग्री पाउन पसल खुल्ला गराउने पसलमा    करिव . मिटरको दुरी कायम गरी उभन लागउने
       पसलेहरुलाई दिनको एक पटक परिक्षण गरी मात्र समान बेच्ने अनुमति दिने
       भ्याए सम्म सरकारले टर्की सरकार जस्तै हरेक घरको अगाडी खद्यान्न समाग्री प्याकेज सस्तो मुल्यमा उपलब्ध गराउने
        बजार व्यवस्थापनमा जोड दिने
       सिमित संख्यामा मात्र बजारमा मानिसहरुलाई परिक्षण गरि पस्न दिने
करोना काभिड १९ बाट बाच्न अपनाउने उपायहरु
       सबै भन्दा पहिला सरकारले घोषणा गरेकोलक डाउनको पुर्णरुपमा पालना गर्ने
        प्रत्येक ३० मिनेटमा साबुन पानीले मिचि मिचि हात धुने
      प्रच्येक घण्टामा सेनिटाइजरको प्रयोग गर्ने
        घरबाट बिना अनि आवश्यक काम बाहेक बाहिर ननिस्किने
        मास्कको प्रयोग गर्ने मास्कलाई दिनहू डिटोलको तथा साबुनको प्रयोग गरि सफा गर्ने
       एक ठाउँमा बढी मानिसहरु भेला नहुने
        अपरिचित व्यक्ति सँग अहिले घनिष्ट तथा बडी नजिकिएर नबस्ने
       सेल्फ क्वानटाइनमा बस्ने
       कोरोनाको कुनै किसिमको लक्षण आफु अथवा आफनो परिवार वा वरिपरिका मानिहरुमा देखा परे नेपाल सरकारले दिएको डाक्टरहरुको तथा अन्य हटलाइन नम्बरमा सम्पर्क गरि सल्लाह सुझाव लिने
        संखा लागेमा आफु नजिक भएको क्वानटाइनमा गई चेक जाचको प्रक्रिया अगाडी बढाउने
       खाना खानु अघि साबुन पानीले मिचि मिचि हाथ धुने
        खोक्दा वा'Ҝ・ हाछ्यु गर्दा केहुनाले ढाकेर  गर्ने  

आफु पनि बचौ अरुलाई पनि बचाउ , “लक डाउनकोनियम अनिवार्य रुपमा पालना गरौ


Comments

Popular posts from this blog

Class 9; unit 5 Ethics, norms, and Value

कोरोना, लकडाउन र नेपाल