हाम्रो सानो प्रयास र सृजनात्मक समाज कल्याण केन्द्रले ८७ असहाय, गरिव परिवारहरुलाई गरे राहत सहयोग
विवेक शर्मा,१२ असार राैतहट
![]() |
हाम्रो सानो प्रयास ( अभियान) काठमान्डौ र सृजनात्मक समाज कल्याण केन्द्र नेपाल रौतहटले ८६ जना अति विपन्न, असहाय, गरिव परिवारहरुलाई राहत सहयोग गरेको छ । रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड न २ र गढीमाई नगरपालिकाको वार्ड ८ र ३ इनरर्वा टोल तथा माधवनरायण न.पा.को मिठुअवा टोलमा बस्ने एकल महिला, पुरुष, अनाथ बालबालिका तथा अपाङ्गहरुलाई राहतको प्याकेजहरु बाडेका छन । अति विपन्न, असहाय तथा गरिव परिवार जस्ले अहिले बन्दाबन्दीको समयमा खाना नपाएर समस्या रहेको छ त्यसतो परिवारहरुको लागि राहत वितरण गर्ने भएको छ ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड न २ तथा गढीमाई नगरपालिकाको विनगरा टोलमा दोस्रो चरणको राहत वितरण सम्पन्न भएको सृजनात्मक समाज कल्याण केन्द्र नेपालको अध्यक्ष रामसोगारथ शर्माले जानकारी गराउनुभएको छ । यस कार्यमा फिल्ड सर्वे देखि, राहत प्याकेजिङ्ग, राहत वितरण सम्मको कार्यमा सहयोग गर्ने टिम कृष्णन्दन सहनी, रमेश शर्मा, सुरेन्द्र शर्मा तथा विशेष धन्यबाद रामसोगारथ शर्मा (विवेक शर्मा) ले दिनु भएको छ । मलाई यस्तो टिमको पाएको खण्डमा समाजमा हरेक पल सहयोग गर्ने भावना राख्दछु । आउदो दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै हामीलाई आर्थिक रुपमा सहयोग गर्ने हाम्रो सानो प्रयास (अभियान) काठमान्डौको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु भने अभिव्यक्ति समेत सृजनात्क समाज कल्याण केन्द्रका अध्यक्ष शर्माले दिनु भएको छ ।
विश्व भरी महामारीको रुपमा फैलिएको कोरोनाको कारणले गर्दा देश ४ महिना देखि बन्दाबन्दी अवस्था रहेको छ । यस्तो समयमा ज्यालादारी गरेर खाने व्याक्तिहरुको जीवन धाउन कठिनाई मात्र हैन धेरै नै गाह्रो भएको अवस्था रहेको बेला रौतहट जिल्लाको पनि विभिन्न स्थानमा यस्तो समस्या न हुने होइन । यहाँ ज्यालादरी गरी खाने व्यक्तिहरुलाई सक्दो सहयोग गर्न तथा आफुले एउटा सानो प्रयासको थालनी गरेको सृजनात्मक समाज कल्याण केन्द्र नेपाल रौतहटको अध्यक्ष शर्माको भनाई रहेको छ ।
हाम्रो सानो प्रयास काठमान्डौको आर्थिक सहयोगमा र सृजनात्मक समाज कल्याण केन्द्र नेपालको आयोजनामा १५ केजी चामल, १.५ केजी, १ केजी तेल, १ केजी नुन, २ पिस हाथ धुने साबुन र एउटा झुल राहत वितरण गरेको विवेक शर्माले जानकारी गराउनुभएको छ । हाम्रो सानो प्रयासले काठमान्डौमा लगाएत नेपालको सात बटै प्रदेशहरुमा लकडाउन शुरु हुने देखि नै भोका, गरिव, असहाय व्यक्तिहरुलाई पोषिलो खाना खुआउने अभियान संचालनमा राखेको हाम्रो सानो प्रयासको कोर टिमको सदस्य पुकार बमले जानकारी गराएका हुन । उक्त राहत वितरण इलाका प्रहरी कार्यालय शिवनगरको रोहवरमा वितरण भएको
छ ।
Comments
Post a Comment