विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिनको लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र
विवेक शर्माको नेतृत्वमा विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिनको लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
असेज १ गते अर्थात विश्वकर्मा पुजाको दिन सार्वजनिक विदा दिनको लागि नेपाल विश्वकर्मा लोहार सघले प्रदेश नं. २ को मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । नेपाल विश्वकर्मा लोहार सघको सचिव विवेक शर्माको नेतृत्वमा विश्वकर्मा लोहार सेवा समितिको कन्द्रिय उपा अध्यक्ष उपेन्द्र ठाकुर, भु.पु. कोषा अध्यक्ष विनोद ठाकुरले संयुक्त रूपमा ज्ञापन पत्र मुख्यमन्त्री कार्यालय प्रदेश न. २ मा मुख्यमन्त्री बुझाएका हुन ।
यो पुजा परापूर्व कालदेखि नेपाली हिन्दुधर्मालम्बीहरुले असोज १ गतेको दिन गर्दै आइरहका छन ।उक्त पुजा नेपाल लगायत छिमेकी मुलुक भारतमा समेत असोज १ गते (सितेम्बर १७) को दिन धुमधामको साथमा मनाइन्छ । हिन्दु धर्मालम्बीहरुको लागि महान दिनहरु मध्ये यो पनि एक हो । यस दिन बाबा विश्वकर्मालाई भगवानको रुपमा पुजा अराधना धुमधामका साथ सार्वजनिक रुपले देश भरि नै गरिदै आएरहेको चलन पनि छ । नेपालमा बसोबास गर्ने हरेक हिन्दु धर्मालम्बीहरुको घरमा उक्त दिन पुजा हुने गर्दछ । हाम्रो देश नेपालकै परिपेक्ष्यमा यस असोज १ ( सितेम्बर १७) का दिन बाबा विश्वकर्मा जीको पुजा गाजा नाचगानको साथमा गर्ने मात्र लोहार जाती नभई अन्य जातीहरु पनि रहको छ । सार्वजनिक तथा निजि स्तरमा संचालित कल कारखानाहरु, विभिन्न पेशाकर्मीहरु जस्तै सिकर्मी, डकर्मी, सुनार, दर्जी, फलाम तथा काष्ठ सम्बन्धी काम गर्ने, छापाखाना, हजाम तथा शिल्पीकारहरु, आफुलाई विश्वकर्मा जीको सन्तती मान्नेहरु सरकारी तथा निजी स्तरमा संचालित उद्योग व्यवसायहरु, नेपालको विद्युत प्राधिकरण मातहतका सम्पुर्ण विभाग, उत्पादन केन्द्र, उपकेन्द्र तथा कार्यालयहरु, निमार्ण व्यवसायमा संलग्न व्यवसायिक स्थलहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानहरुमा, अन्य विश्वकर्मा भगवान प्रति आस्था राख्ने जातजातिहरुले आफ्नो कार्य स्थलमा पुजा गर्ने गर्दछ ।
यो दिन प्रदेश न. २ को लागि एक विशेष दिनको रुपमा पनि रहेको छ । यस प्रदेशमा बसोबास गर्ने प्रयजसो मानिसहरुले उक्त दिन बाबा विश्वकर्माको पुजा गर्ने गर्दछ । संघिय देश भएको कारणले पनि आफ्नो साँस्कृतिक पहिचान कायम राख्नको लागि पनि विदा दिन आवश्यक रहेको छ । यस विषय प्रति मुख्यमन्त्री सकरात्मक रहेको संस्थाको सचिव विवेक शर्माले जानकारी दिनभयो ।
good initiation sir...
ReplyDelete