लोहार जातिको माङ्गको सम्बोधन राज्यले गर्नु पर्छ -विवेक शर्मा
नेपाल विश्वकर्मा सेवा समितिको ५ औ राष्ट्रिय सम्मेलन सप्तरीमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लोहार जातिहरुको माङ्ग राज्यले सम्बोधन गर्नु पर्छ भन्नेमा नेपाल विश्वकर्मा लोहार संघ रौतहटको सचिव तथा विवेकशील साझा पार्टीको केन्द्रिय नेता विवेक शर्माले जोड दिएका हुन ।
समाजमा शैक्षिक, राजनितिक तथा आर्थिक रुपमा पछाडी रहेको छ । लोहार समाजलाई राज्यले बेलाबेलामा दमन र सोसन गर्दै आईरहेको सचिवको दावी रहेको थियो । उक्त समाजको चौतर्फी विकास गर्नको लागि राज्यले प्रदान गरिने आरक्षण कोटाहरु मध्ये दलित कोटामा समाबेस गर्न माङ्ग गर्दै आईरहेको छ । जुन कुनै बेला समाबेश गर्छ त कहिले खारिज यो कार्य दलित आयोगको गैर जिम्मेवारपुर्ण रहेको शर्माको दाबी रहेको थियो ।
उक्त राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिको रुपमा प्रदेश न २ को मुख्य मन्त्री लालबबु राउत गद्दि, प्रदेश न २ को भुमी तथा कृषि राज्य मन्त्री योगेन्द्र राय यादव रहेको थियो ।
लोहार जातियहरुको माङ्ग दलितमा समावेस, प्रदेश न २ मा रहेको विश्वकर्मा जिको मन्दिरहरुको स्तरोन्नति गर्नको लागि प्रदेश सरकारबाट बजेट विनियोजन, नेपालकै सबै भन्दा ठूलो फर्निचर मेला रौतहटको गरुडा नगरपालिकामा लाग्दै आईरहेको मेलालाई फर्निचर प्रयटनको रुपमा सम्बोधन गर्न । उक्त सम्मेलनबाट नया केन्द्रिय समितिको अधिवेशन शनिवार हुने छ ।
Comments
Post a Comment